झापा–५ ओली–बालेन आमने सामने, जनताको जनमत कता ? (भिडियोसहित)
यस्तो छ, झापा ५ को अंक गणित
मेयरसाप डेस्क
|
२०८२ माघ २३ गते १८:०९
शेरबहादुर देउवाको कुण्डलीमा गगन ग्रह लाग्दा उनको राजनीतिक चेन चुडिएको छ ।देउवा रिङ आउट भएका छन् । तर देउवाकै दौंतरी राजनीतिका नम्बरी जोडी, पुच्छारका ओली बा, र युवा बालेन, राजनीतिक युद्धमा छन् । नागरिको साथसहितको उभारले उछालिएका शेर बालेन्द्र साह र, राजनीतिको जुवा खालमा एकाध बाहेक हार नखेपेका सवाशेर केपी ओलीबीच राजनीतिक भिडन्त हुुँदैछ । रास्वपाबाट मूलधारको राजनीतिमा डेव्यू गरेका निर्वतनमान मेयर बालेन साह, र एमाले अध्यक्ष ओलीबीचको यो आमने सामने लडाईको इपीसेन्टर, झापा ५ बन्दैछ ।
एक्स प्राइमिनिष्टर र वइटिङ प्राइमिनिष्टर बीचको यो राजनीतिक भिडन्तले सिंगो मूलुकको ध्यान खिचेको छ । नेपथ्यमा बसेर जेनजी आन्दोलनको अगुवाई गरेका बालेन र आन्दोलन दबाउन सरकारमा बसेर निहथ्था युवामाथि गोली बर्षाएको आरोप खेपेका ओली बीचको आमने सामने टक्कराब दुई शक्तिराष्ट्रबीचको भिषण युद्ध जस्तो देखिँदैछ ।
रास्वपाले बालेनलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सार्दै मैदानमा उतार्दा एमालेबाट ओलीले पनि जुुँगामा ताउ लगाएर बसेका छन् । ओलीका सामू विरासत जोगाउने चूनौती थपिदा बालेनकालागि ओलीको गढ भत्काउनु पर्ने झन ठूलो पहाड सामुुन्ने छ ।बालेन केही दिनअघि दुर, मेची महाकालीको टुुर सकेर फेरि झापा झरेका छन् ।दलबलसहित आफ्नो चुनावी क्षेत्र झापा ५ पुुगेका बालेनले मतदातासंग भेटघाट बाक्लो बनाएका छन् । उनि झापाको भेटसंगै बुधबारबाट अन्य जिल्लाको दौडाहामा निस्किएका छन् । बालेनको राजनीतिक म्याराथुन विपक्षी कांग्रेस र कम्युनिष्टका लागि टाउको दुखाई बनेको छ । बालेन आजै मात्र झापा मोरङ सुनसरी र उदयपुरजिल्लाका मतदातासंग साझात्कार गरेका छन् ।
आगामी फागुन २१ को निर्वाचनमा झापा ५ बालेन्द्र शाहले जित्लान् कि केपी शर्मा ओलीले रु यस विषयको अड्कल अहिलेका लागि हतारो र मुस्किल नै होला यद्यपी सामाजिक सञ्जालमा पोखिएको मत सर्भेक्षणलाई आधार मान्ने हो भने महाभिडन्त भनिएको झापा ५ मा जनताले ओलीका विरुद्ध बालेनलाई अनुमोदन गरिसकेका छन् । तर निर्वाचन प्राधिविक पक्ष भएकाले सञ्जाल र जञ्जालले हैन व्यालेटमार्फत दिइने जनमतनै अन्तिम परिणाम हो । तथापी निर्वाचन प्राविधिक पक्षभए पनि यसलाई भावनाले जित्न सक्छ भन्ने आधार स्वयम बालेन हुन् । एक्लो बालेनले काठमाडांै महानगरपालिकामा चुनाव जित्ने कुरा निर्वाचनले हैन जनताको भावनाले अनुमोदन गरेको थियो । शक्तिका हिसाबले बालेन भन्दा ठूला बर्षौदेखि जरा गाडेका एमाले–कांग्रेसहरु मैदानमा मौजुद थिए । सामाजिक सञ्जाल चुनाव जित्ने अन्तिम आधार नभए पनि चुनाव जिताउन सक्ने मेरुदण्ड बनेको छ । यसले सिर्जना गरिदिने माहोल नै उम्मेदवारको बलियो हतियार बनेको देखिन्छ ।
दुई शक्ति शाली पात्र बीचको यो भिडन्त रोचक मात्र हैन, इतिहासको पानामा परिवर्तनको आभास दिने गरि दर्ज हुने पक्का देखिन्छ । विकास र भूगोलको हिसाबले ओलीलाई झापालीले रैथाने नेताको रुपमा यसेप्ट गर्दा बालेनलाई टुरिष्ट नेताको रुपमा बुझ्ने खतरा पनि कायम छ । अर्कोतर्फ काठमाडौंका जनताले दिएको ५ वर्षको म्याण्डेट लत्याएर ठूलो भाग खोज्दै झापा झरेको भन्ने अर्थमा जनताले बुझे भने बालेको लागि झापा ५ रोजाइ नै आत्मघाति कदम हुनसक्छ । विकास र परिवर्तनको हिसाबले साइनो जुइनो नजोडिएको झापा बालेनको लागि विशुद्ध नयाँ माटो हो । बालेन चै दुधले नुहाएको भन्ने पटक्कै हैन, जनप्रतिनिधि हुँदा जवाफदेही हुन नसकेकाले बालेन प्रश्नभन्दा माथि छैनन् ।
बालेनमाथि उठेका केही प्रश्न ?
–चुनाव जितेपछि कहिले पनि आफ्ना मतदाता भए ठाउँ गएनन् ।
–चुनाव जितेपछि कहिले पनि जनताको कुरा सुनेनन् ।
–चुनाव जितेपछि आफूलाई जनताबाट सधै अलग राखे ।
– भेट्न जाने जनतासँग पनि सितिमिति भेटेनन् ।
–गरिब लखेट्ने, झम्टिने काम गरे, निमुखाका लागि विकल्पको काम गरेनन् ।
–जेनजीलाई उचाले, घाइतेलाई भेट्न गएनन् शहिद भएकालाइए श्रद्धाञ्जली दिन पनि पुगेनन् ।
– चुनाव जितेपछि आफ्ना गोजीका मान्छेबाहेकसँग सम्पर्कमा पनि बसेनन्, कसैको फोन पनि उठाइएनन् ।
–चुनाव अघि यिनलाई सबै चाहियो, चुनाव जितेपछि यिनलाई कोही नचाहिने भयो ।
अनि झापा ५ का जनताले चाहिँ भोट किन हाल्नु पर्ने रु बालेनमाथि यो प्रश्न अहिले पनि छ ।
विगतलाई पल्टाएर हेर्दा झापा ५ को अंक गणित के छ ?
२०७९ को प्रतिनिधि सभा निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने यो एमाले अध्यक्ष केपी शर्मा ओलीको पकड क्षेत्र हो । गत निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका थिए । ओलीलाई राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत सघाएकाले, ओलीको जितमा केहि प्रतिशत राप्रपाको पनि शेयर छ भन्ने गरिन्छ ।
ओलीका प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता खगेन्द्र अधिकारीले २३ हजार ७४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुरेस कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए । ओली र रास्वपाका उम्मेदवारले पाएको फरक मतको अकं अनूपात ४० हजार ५६० को विशाल खाडल छ । यसलाई आधार मान्दा बालेनले चुनाव जित्नका लागि केवल रास्वपाको मत संरक्षण मात्रै हैन एमालेको ‘क्याडर बेस’ मत र कांग्रेसको ‘परम्परागत’ मतमा ठुलो पहिरो ल्याउन सक्नुपर्छ ।
समानुपातिक तर्फ झापा–५ मा एमालेले ०७९ को निर्वाचनमा ३५ हजार ८७२ मत पाएको थियो भने, रास्वपाले १८ हजार २०५ मत पाएको देखिन्छ । अंकगणितीय हिसाबले बालेनका लागि ओलीसँगको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण भए पनि राजनीतिमा कहिलेकाहीँ भावनाले गणितलाई ओझेलमा पार्ने भएकाले सम्भावनालाई नकार्न सकिदैन ।
उदाहरणका लागि स्वतन्त्रबाट स्वयम काठमाडौंको मेयर जितेका बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र, धनगढी उपमहानगरका मेयर गोपी हमाललाई लिन सकिन्छ । यसर्थ ओलीसंगको चुनावी भिडन्त बालेनका लागि मुस्किल होला तर असम्भव भने छैन ।
बालेनका चूनौती–
– काठमाडौँमा सेलिब्रेटी मेयरका रूपमा चिनिएका बालेनलाई झापाका स्थानीय मतदाताले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा हेर्ने जोखिम कायम छ ।
– बालेनको ’अग्र्यानिक प्रतिनिधित्व’ झापाबाट हुँदैन । माटो, मान्छे र विकासका लागि नयाँ अनुहार बालेनलाई मतदाताले नस्विकार्न सक्छन् ।
– जित्नका लागि कांग्रेस, माओवादी, राप्रपा र अन्य साना दलहरूको ‘मौन समर्थन’ वा उनीहरूको मत आफूतिर तान्नु पर्नेछ ।
–ओलीसंगको इगोकै कारण जन्म र कर्म दुबै नजोडि़एको झापाबाट उठ्ने कदम नै आत्मघाति हुनसक्छ ।
–एमालेको सुदृढ संगठन र, केपी ओलीको गृहक्षेत्र भएकाले एमालेका कार्यकर्ताहरू भावनात्मक रूपमा समेत जोडिएका छन् । बालेनका लागि यो मूख्य चूनौती हुन सक्छ ।
ओलीसंग बालेन भिड्ने मूडमा पुगेपछि औचित्यको लडाईका लागि चतुर राजनीतिज्ञ ओलीपनि पक्कै गट्टा खेलेर बस्दैनन् । दुई शक्तिको सिँगौरीमा जसले पराजय भोगेपछि सिंग फुक्लिएर राजनीति कोर्ष नै क्लोज हुने पक्का छ । कथम बालेन चुनाव हारे, उनको अहिलेको बचेकुचेको सबै क्रेज धुलिसाप हुनेछ भने राजनीतिबाट बाइकट हुनेछन् ।
ओलीले हार व्यहोरे उनको राजनीतिक बहिर्गमन पक्का छ । तर मूलुकको ठूलो बजेट हिस्सा झापामा खन्याएर आफ्नो क्षेत्रमा प्रभाव कायम राखेका ओलीको इलाकाबाट एमालेको कट्टर कार्यकर्ताको सञ्जाललाई भत्काउन बाहिरी शक्तिलाई सहज छैन ।
यद्यपी बालेन जस्ता नबप्रवेशी र आसलाग्दा युवाको चूनौती ओलीका लागि पनि फलामको चिउरा चपाउनु सरह नै हो । अहिलेको समयले परिवर्तन मागेको सत्यलाई आधार मान्दा अब संगठित सदस्यको बलमा मात्रै चूनाव जित्छु भन्नु पनि मूर्खता हु्नसक्छ । पटक–पटक ३ दशकबढि समय एउटै मान्छे सांसद, मन्त्री र प्रधानमन्त्रीको चेयरमा देखेकाले पनि वाक्क दिक्क भएका जनताले यो म्युजिकल चेयरको चेनब्रेक गर्न नयाँलाई स्वागत गर्न सक्ने सम्भाबना बलियो छ । ओलीका लागि यो पटक, झापा ५ सेफ जोन नहुन सक्छ ।
भिडियो:
Facebook Comments