दिग्गज कलाकार सुनिल थापाको नि'धन
मेयरसाप डेस्क
|
२०८२ माघ २४ गते ०९:४२
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । नेपाली र भारतीय चलचित्र उद्योगमा थापाको जिवन्त अभिनय छ । चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापा ‘खलनायक’ को भूमिकामा बढी देखिएका थिए । कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सामाजिक सञ्जालमा थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
Facebook Comments