बाजुराका प्रतिनिधि सभा उम्मेदवार एमाले नेता थापालाई मातृशोक

User Image मेयरसाप डेस्क | २०८२ माघ २४ गते ११:१०
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-07-at-103607-am.jpeg

बाजुरा । बाजुराका प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले नेता लाल बहादुर थापालाई मातृशोक परेको छ। नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो।

बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा  निधन भएको पारिवारिक श्रोतले बताएको छ। स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने भएको छ।

आमाको निधनले उम्मेदवार थापा गहिरो शोकमा परेका छन्। जिल्लामा निर्वाचनको माहोल चलिरहेका बेला संवेदनशील समयमा आएको पारिवारिक पीडाले थापा मात्र नभई सिंगो थापा समर्थक, कार्यकर्ता तथा आम जनतालाई समेत स्तब्ध बनाएको छ ।


Facebook Comments