कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

User Image मेयरसाप डेस्क | २०८२ माघ २४ गते १३:२५
Image of https://mayorsap.com/storage/photos/shares/congress_7.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भच्र्युअल बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिएका हुन् । 

बैठकमा कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ र केन्द्रीय अनुशासन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।


Facebook Comments