राई दम्पत्तीको वि*भत्स ह*त्या गरेको आरोपमा दाजुुभाई पक्राउ
मेयरसाप डेस्क
|
२०८२ माघ २४ गते १५:३६
काठमाडौं । ओखलढुंगाको भदौरेमा भएको दम्पत्ती हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ओखलढुंगाको चिशङ्खुगढी ६ भदौरेका ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी ८० वर्षीय चन्द्रमाया राईको हत्यामा संलग्न रहेको अभियोगमा २ जना दाजुुभाई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङाले दुई जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ। काठमाडौंमा पक्राउ परेका दुबैलाई ओखलढुंगा लैजाने तयारी भइरहेको छ । पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन ।
गत माघ १२ गते पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । , घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको थियो ।
त्यसअघि गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो ।
Facebook Comments