पाकिस्तानको मस्जिद आक्रमणप्रति संयुक्त राष्ट्रले भन्यो–हिंसात्मक आक्रमण स्वीकार्य छैन
No Author Assigned | २०८२ माघ २५ गते १६:४५
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन्।उनका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितहरूको परिवारप्रति समवेदना प्रकट गरेका थिए।
महासचिवले नागरिक र उपासना स्थलहरूलाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
त्यसैगरी, घाइते भएका व्यक्तिहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना समेत महासचिवले व्यक्त गरे।
विज्ञप्तिमा विश्वसंघले आतंकवाद र हिंसात्मक चरमपन्थविरुद्ध पाकिस्तान सरकार र जनताको प्रयासमा सदैव एकजुटता र समर्थन रहेको पनि उल्लेख गरिएको छ।
Facebook Comments