धादिङको थाक्रेमा २ वटा बस एकआपसमा ठो'क्किए
मेयरसाप डेस्क
|
२०८२ माघ २५ गते ०९:४०
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका –६, दसकिलोमा २ वटा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिएको हो ।
बस ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न बाँकी छ । घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । प्रहरीले दुवै बसका चालकलाई पक्राउ गरेको छ ।
Facebook Comments