आज फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मेयरसाप डेस्क
|
२०८२ माघ २५ गते ११:०३
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments