Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रतिनिधिसभा निर्वाचनः कुन–कुन ठाउँमा हुँदैछ 'हाइप्रोफाइल' भिडन्त ? (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ माघ २५ गते १७:३२
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-08-at-51257-pm.jpeg

उमेरले कपाल पाकेका, अवसरका लागि कहिले नथाकेका, पटक–पटक सत्ताको चास्नी चाखेका तर,फेरि संसद छिर्न चुनावको लिगलिगे दौड नछाडेका एकाध बाहेक केही थान जेष्ठ नागरिकको अनुहार देखाउँदै छौ दशर्कवृन्द, एकछिन समय दिएर हेर्नूहोला । 

यी मध्य तपाईलाई कसको अनुुहार हेरौं–हेरौ लागेको छ ? केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुुमार नेपाल वा गगन थापा कि अन्य कोही ? कसैको पनि हेरौ हेरौ जस्तो लागेको छैन ? थोरै पनि हेरौ जस्तो लागेको छैन ? अनि त्यसो भए कसको चै हेरौ–हेरौ लागेको छ ?रवि लामिछाने र बालेन साहको ? सायद सञ्जाल र जञ्जालको भिडले अहिले यही संकेत गर्छ । तर यो पनि कति समयसम्म टिकाउ होला आफैमा प्रश्न छ । कुुनै बेला ओलीलाई आइलभ यू भन्ने यही भिड हो, जो अहिले आइहेट यू को टे«ण्ड चलाइरहेको छ । सायद यसैलाई भन्छन् समय–समयका बात ।  

सत्ता र शक्तिमा हुँदा पावर पैसाले आयुु र वायु नै किनौला झै गर्ने ओली देउवा र प्रचण्डहरुको  प्रवृतीले टु मञ्च वाक्क दिक्क भएका जनता यो पटक ‘नो इफ नो बट’ अब सिधै क्लियर कट गर्ने मूूडमा देखिन्छन् । 

रास्वपाको रफतारले पुराना राजनीतिक दल कांग्रेस एमालेको हबेलीमा भूूकम्प आउने करिब निश्चित भएको छ । जनताको जनमत लत्याए सिंहदरबारको म्युुजिकल चेयर शेयर गरेकाहरुको चेक ब्रेक हुने देखिन्छ ,।  ओली देउवा र प्रचण्डहरुको अहंकार नै यसको उपज हो भन्दा सायद धेरै अन्यथा नहोला । आफ्नो अनुहारको दाग नदेखेर ऐना पुुछ्ने उनिहरुको गलत प्रवृतीका कारण आजित भएका जनताले मत बदल्ने मूूड देखाएका छन् । 

अब नेताहरुको लागि जनताको जनमतबाट शेर बन्ने कि विरालो रुम्याउ गर्ने कि ह्याउ गर्ने ,व्यालेटबाट अनुमोदन हुने कि बाइकट हुने, निर्णायक घडी नजिकिदै गएको छ । घण्टीमा रवि बालेनको क्लाइमेक्सले यो पटक झापामात्रै नभएर देशका अन्य क्षेत्रमासमेत रोचक प्रतिस्पर्धा हुने देखिन्छ । 

कुन–कुन ठाउँमा हुदैछ हाइप्रोफाइल भिडन्त ? 

१.झापा–५ः केपी शर्मा ओली–बालेन्द्र शाह, प्रधानमन्त्रीका २ दाबेदार 

अहिले राष्ट्रिय राजनीतिलाई लिएर समग्र मुुलुकका जनताको ध्यान झापा–५ मा केन्द्रित छ। यहाँ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँको मेयर पद त्यागेर रास्वपाबाट उम्मेदवारी दिएका बालेन्द्र शाहबीच भिडन्त हुँदैछ। सामाजिक सञ्जालमा बालेन पछ्याउने भिड देखिदा भूगोलमा ओलीलाई चाहानेको संख्यापनि समानान्तर छ । केहीले बालेनलाई बाहिरको उम्मेदबार भएको भाष्य निर्माण गर्दा पटक पटक ओलीलाई व्यहोरेको भन्दै मत परिवर्तन गर्नू पर्ने आवाज पनि बाक्लो सुनिन्छ । यो क्षेत्रबाट ६ पटक निर्वाचित भइसकेका अनुभवी ओली र युवा पुस्तामाझ विद्रोही छवि बनाएका बालेनबीचको प्रतिस्पर्धालाई प्रधानमन्त्रीका २ सम्भावित दाबेदारको लडाइँका रूपमा हेरिएको छ।

२ झापा–२ देबराज घिमिरे–इन्दिरा राना (सभामुख र उपसभामुखको भिडन्त)

संघिय संसदको हाउसमा आलोपालो बैठक चलाएका देवराज घिमिरे र इन्दिरा राना अब चुनावमा आमने सामने हुँदैछन् । कसको पल्लाभारी भन्ने कुरा आगामी फागुन २१ गतेको निर्वाचनले तय गर्नेछ । यद्यपी झापा २ ले यो पटक मतदातालाई अर्को दुर्लभ दृश्य प्रस्तुत गरेको छ। यहाँ निवर्तमान सभामुख देवराज घिमिरे ९एमाले० बाट उपसभामुख इन्दिरा राना ९रास्वपा० र कांग्रेस नेतृ सरिता प्रसाईं आमने–सामने छन्। 

३.सर्लाही–४ गगन थापा भर्सेस अमरेश सिंह

भृकुटीमण्डवको भीडबाट देउवाको राजीतिक लंकामा मिसायल हानेर पार्टी सभापति भएका गगन थापा सर्लाही–४ झरेपछि यो क्षेत्रपनि राजनीतिक हटस्पट बनेको छ । कांग्रेस छाडेर स्वतन्त्र हुँदै रास्वपामा छिरेका अमरेश यो पटक गगनका लागि चूनौतीका रुपमा उभिएका छन् । गगन यसअघि काठमाडौं ४ बाट विजयी हुँदै आएका थिए । 

४.मोरङ– ६  शेखर कोइराला भर्सेस विनोद ढकाल

कांग्रेसको संस्थापन इतर समूहका शेखर कोइराला र एमालेका जुझारु नेता विनोद ढकालबीच मोरङ–६ मा रोचक भिडन्त हुँदैछ। शेखर आफ्नो विरासत जोगाउँदै राष्ट्रिय नेतृत्वको यात्रा तय गर्न चाहन्छन् भने, ढकाल ‘विराटनगरको विकास’ को एजेण्डा लिएर स्थापित शक्तिलाई चुनौती दिइरहेका छन्। 

५.चितवन–२ रवि लामिछाने र मीना खरेल 
 
रास्वपाका सभापति रवि लामिछाने र कांग्रेसकी उम्मेदवार मीना खरले चुनावमा आमने सामने हुुँदैछन् । रास्वपाको उभार र रविको क्रेजका कारण उनको जित सुनिश्चित जस्तै मानिएको छ । शुक्रबार रवि र मीनाबीच चुनावी घरदैलोको क्रममा भरतपु्रमा जम्का भेट भएको छ । उनिहरुले राजनीतिक संस्कार देखाउँदै स्वस्थ प्रतिस्पर्धा गर्ने बाचा गरेका छन् । 

२०७९ र २०८० को उपनिर्वाचनमा भारी मतान्तरसहित जितेका रविले सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट रास्वपाका लामिछाने, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कांग्रेसबाट मिना खरेल र नेकपाबाट प्रताप गुरुङ लगायतको उम्मेदवारी परेको छ । 

६ चितवन–३  रेनु दाहाल भर्सेस सोविता गौतम 

यस पटक चितवन ३ लाई चासो पूर्वक हेरिएको छ । प्रचण्ड पुत्री रेणु दाहाल र रास्वपा नेतृ शोभिता गौतमबीच कडा टक्कर हुने देखिएको छ । दुई कार्यकाल मेयरको भूमिकामा रहेकी रेनु विकास प्रेमी नेताको रुपमा लोकप्रिय छिन् ।। यद्यपी प्रखर वक्ताको छवि बनाएकी शोभिता पनि रेनुलाई टक्कर दिन चितवन झरेकि छिन् । सांसदसमेत भइसकेकी शोभिता र रेनुबीचको भिडन्तलाई लिएर धेरैको ध्यान खिचिएको  छ। 

७.सुनसरी–३ : विजय गच्छदार र भगवतीको ‘चौथो वार’

सुनसरी–३ मा कांग्रेसका पाका खेलाडी विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच पुनः प्रतिष्पर्धा हुँदैछ। २०७९ को चुनावमा गच्छदारको अपराजित यात्रालाई ब्रेक लगाएकी भगवती आफ्नो जितलाई निरन्तरता दिने दाउमा छिन् भने, गच्छदार पुरानो विरासत फर्काउने अन्तिम कसरतमा छन्। 

यो पटक प्रमुख दलका शीर्ष नेता, स्थापित पद र नयाँ पुस्ताका चर्चित अनुहारहरू एउटै मैदानमा उत्रिएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ। यसपटकको निर्वाचन दलहरूबीच मात्र नभई, परम्परागत विरासत र वैकल्पिक राजनीतिक शक्तिहरुबीचको प्रत्यक्ष टकरावले चुनावी कार्यक्रमहरु नै आक्रमक हुने देखिएको छ।

भिडियो:


Facebook Comments