आज ४ हजार १ सय रुपैयाँले बढ्यो सुुनको मूूल्य, कतिमा हुँदैछ कारोबार ?
मेयरसाप डेस्क
|
२०८२ माघ २६ गते ११:२६
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो।
हिजो आइतबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलामा ३ लाख ५ सय रुपैयाँ पुुगेको थियो । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँ पुुगेको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ ।
हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको जनाएको छ।
Facebook Comments