Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

User Image मेयरसाप डेस्क | २०८२ माघ २६ गते १६:०४
Image of https://mayorsap.com/storage/photos/shares/rastyasabha.jpg

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राख्नुभएको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

 बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए ।

यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ  । नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ । 


Facebook Comments