रविको चुनावी कार्यक्रममा प्रशासनको रोक, आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह
मेयरसाप डेस्क
|
२०८२ माघ २७ गते ०८:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले रोक लगाएको छ ।
प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो । लामिछाने आज नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो । उनले सोमबार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

Facebook Comments