Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चितवन–३ः प्रभावशाली दुुई महिलाबीचको टकराव, ‘सेफा जोन’मा रेनुु की सोविता ? (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ माघ २७ गते १६:०९
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-10-at-35250-pm.jpeg

राजनीतिका पाका खेलाडी पूूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर प्रधानमन्त्री बन्ने दाउमा रास्वपाका बरिठ नेता बालेन्द्र साह झापा झरेपछि राष्ट्रिय राजनीति तरंगित छ । झापा–५ अहिले निर्वाचनको इपिसेन्टर बनेको छ। चुनावको समुुखमा झापापछि चर्चित क्षेत्रको रुपमा चितवन–३ लाई हेरिएको छ । जहाँ नाम र कामका हिसावले प्रभावशाली दुुई महिलाबीचको टकरावले सबैको ध्यान खिचेको छ । 

चितवन–३ मा विकास प्रेमीको पहिचान बनाएकी पूर्व मेयर रेनु दाहाल र, सांसद भइसकेकी शोभिता गौतम आमने सामने छन् । प्रचण्डपुत्री रेनु नेकपाको उम्मेदवार हुन् भने शोभिता रास्वा नेतृ हुन् । 

यहाँ सत्ता र प्रतिपक्षको परम्परागत भिडन्त मात्र भइरहेको छैन, पुरानो र नयाँ राजनीति, अनुुभव र परिवर्तन, संगठन र व्यक्तित्वबीच जवरजस्त प्रतिस्पर्धा हुँदैछ । अब चितवन–३ ले कुन धार रोज्छ ? पुुरानो कि नयाँ ? परिवर्तन कि अनुुभव ? संगठन कि व्यक्ति ? भन्ने प्रश्न अहम बनेको छ । 

चितवन हरेक राजनीतिक पार्टीले सेफ जोन मान्दै आएको क्षेत्र हो । चितवन–३ पछिल्लो समय नेकपाका लागि राम्रो मतदाता भएको क्षेत्र हो । नेकपाका संयोजक प्रचण्डले विगतमा यस क्षेत्रबाट निर्वाचन लड्दै आएका थिए । अहिले उनि सुरक्षित स्थान खोज्दै गोर्खापछि रुकुुम पुुगेका छन् । 

चितवन–३ मा भरतपुुर महानगरको १८ वटा वडा पर्छ । जहाँ रेनुुले मेयर हुँदा आफ्नो काममार्फत राम्रो छाप छोड्न सफल भएकी छन् । मेयर रहँदा गरेका प्रभावकारी काम, नागरिकसँगको सुमधुुर सम्बन्ध, प्रशासन क्षेत्रसँगको सम्बन्ध, रेनुुले अन्य दलसँग बनाएको आत्मिय सम्बन्धका कारण पनि नेकपाले यस क्षेत्रलाई सेफ जोन मान्दै रेनुुलाई उमेद्वार बनाएको छ । रेनुु पनि चुनाव जित्नेमा बलियो आत्मविश्वास देखाएकी छिन् । 

यद्यपी कन्फिडेन्टले मात्रै निर्वाचन जित्ने भए नेपालका कुनै नेताले हार्नेनै थिएनन् । रेनुुलाई यो चुुनाव फलामको चिउरा चपाए जस्तै हुनेछ । पुरानो पार्टी प्रतिको नागरिकको वितृष्णा र प्रचण्डपुत्रीको ट्याग रेनुका लागि घातक हुन सक्छ । कार्यकाल पुरा नगरी मेयरको जिम्मेवारी लत्याएको आरोप समेत उनलाई निर्वाचन जित्न थपिएको चुनौती हो ।

चितवन ‘घण्टी किल्ला’ को रुपमा स्थापित छ । अघिल्लो निर्वाचनमा काठमाडौं–२ मा भारी मतले जितेर सांसद बनेकी सोविता, रेनुुका लागि झन भारी हुने खतरा छ । कानुुन क्षेत्रकी सोविताले संसदमा उठाएका नीतिगत विषयका कारण उनी छोटो समयमा युुवामाझ प्रभावशाली नेतृका रुपमा परिचित छिन् । संसद कानुुन बनाउने थलो भएकाले सोविता नै उपयुुक्त हुने भन्दै ‘रेनुुलाई सम्मान, सोवितालाई भोट’ भन्नेको कमी छैन । यता नयाँको लहर चलेका बेला बहुमत नपुुग्ने भएकाले रेनुुमात्र संसदमा पुुगेर पनि उनले काम गर्न नसक्ने दाबी गर्दै बहुुमत पुुर्याउन सोबितालाई जिताउनुु पर्ने आवाज बाक्लो छ । 

तर यसो भन्दै गर्दा शोभिताको बाटो पनि सहज छैन । संसदमा पुुगेर आफ्नो क्षेत्रको विकासमा सिन्को नभाँचेको आरोप उनीमाथि पनि छ । चितवनमा उनलाई आयातीत उमेदवारका रुपमा हेर्ने जोखिम पनि कायम छ । ९ वर्ष भरतपुुरको मेयरका रुपमा काम गरेर पार्टीभन्दा माथि नाम बनाएकी रेनुुका जनआधार भत्काउन सोभितालाई त्यति सजिलो छैन । 

रेनुुले भरतपुरमा गरेको विकास निर्माणदेखि हरेक क्षेत्रको काममा प्रश्न उठाउने ठाउँ नपाएर सोविता चितवनबासीलाई ‘बाटो बनाउनुमात्र विकास होइन्’ भन्ने भाष्य स्थापित गर्न तल्लिन भएको आरोप छ ।  

चितवन ३ मा चर्चा रेनु र सोबितामा मात्र सिमित छैन । २०७९ मा राप्रपाले जितेको यस क्षेत्रमा अहिले पनि दिपक थापा मगर, रेनु र सोविता दुवैलाई उछिन्ने दाउमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले टेक प्रसाद गुरुङलाई र एमालले शंकर थपलियालाई उठाएको छ । यस क्षेत्रमा ६ जना स्वतन्त्रसहित २३ जनाको उमेदवारी छ ।

विगतको अंक गणित कस्तो छ ? 

चितवन–३ मा नेपाली कांग्रेसले २०५६ सालमा मात्र चुुनाव जितेको थियो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका नारायणप्रसाद दाहालले जितेका थिए भने २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । २०७४ मा पुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस क्षेत्रमा जित हासिल गरेका थिए ।

२०७९ मा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए । कांग्रेस–माओवादी र एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले ३५ हजार ५५ मत ल्याएर निर्वाचित भए । गठबन्धनबाट माओवादी केन्द्रका उमेदवार भोजराज अधिकारीले २५ हजार ८२२ मत पाएका थिए । चितवन ३ मा तेस्रो स्थान हासिल गरेको रास्वपाले १४ हजार ८४२ मत प्राप्त गरेको थियो । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याएका थिए । प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवार पाण्डले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएपनि यस क्षेत्रमा समानुपातिकमा सबैभन्दा बढी मत रास्वपाले पाएको थियो । 


Facebook Comments