Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रतिनिधि सभा निर्वाचन: १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिने

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ २८ गते १२:४२
Image of https://mayorsap.com/storage/photos/shares/bajura.jpg

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचकाे लागी बाजुराका १० मतदान केन्द्रमा हेलिकाेप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ।

यहाँका १० मतदान केन्द्र अझै यातायातकाे पहुँचमा छैनन्।  ७७ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा हेलिकाेप्टरबाट मतपेटिका ढुवानी गरिने भएको हाे। यहाँको हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गम मानिएकाे छ।

यहाँ हालसम्म सडक सञ्जाल पुग्न सकेकाे छैन्। करिब ७० बढी मतदातालाई हिमालीको गुम्बामा हिमाल भक्ति मतदान केन्द्र तोकिएको छ।गत निर्वाचनमा पनि यहाँ हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिएकाे थियाे।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले अनुगमन गर्दा यहाँका १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई गौमुल,जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक/एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन्। सडक सञ्जाल नजाेडिएका यहाँका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन्।

जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएका छन्। बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्। मुख्य चार दलका व्यक्तिबिच राेचक प्रतिस्पर्धा हुने देखिएकाे छ।

९ वटा स्थानीय तह रहेकाे बाजुरामा ८७ हजार बढि मतदाता कायम छन्।४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।जिल्लामा हाल ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण रहेकाे निर्वाचन कार्यालय बाजुराले जनाएको छ।


Facebook Comments