Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

User Image मेयरसाप डेस्क | २०८२ माघ २८ गते १६:२३
Image of https://mayorsap.com/storage/photos/shares/rastyasabha.jpg

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।  

आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

सो प्रस्ताव सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । सभाको आगामी बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्नेछ ।  


Facebook Comments