Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

टी–२० विश्वकपः आज इटलीसँग खेल्दै नेपाल

User Image मेयरसाप डेस्क | २०८२ माघ २९ गते ०८:३०
Image of https://mayorsap.com/storage/photos/shares/nepali-cricket-team_3.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ ।

यसअघिको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग र इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।समूह सीका टोलीमध्ये नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन छन्। 

अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्। यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ।

एक खेलमा जित र एकमा हार व्यहोरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्। समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। 


Facebook Comments