निरन्तर वर्षाले रोक्यो न्यूजील्याण्ड–पाकिस्तान भिडन्त, अंक बाँडफाँड
सुपर आठको पहिलो खेल वर्षाले रद्द
मेयरसाप डेस्क
|
२०८२ फागुन ९ गते ०८:४७
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेल वर्षाले रद्द भएको छ । आइतबार श्रीलंकाको कोलम्बोमा हुने पाकिस्तान र न्यूजील्याण्डबीचको खेल वर्षाको कारणले रद्द भएको हो । खेल रद्द भएपछि दुवै देशले एक एक अङ्क बाँडेका छन् ।
यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो टस भएपछि सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो ।
विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
Facebook Comments