Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

संखुवासभा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

आसपासका क्षेत्रमा सामान्य धक्का

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते ०८:५९
Image of https://mayorsap.com/storage/photos/shares/earthquake.png

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज 'आइतबार' ४.१ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७:३१ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता अपनाउन, पुराना कमजोर भवनमा ध्यान दिन र आवश्यक परे खाली स्थानमा बसेर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।


Facebook Comments