Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु निरन्तर

प्रशासनको कडा सुरक्षा कदम

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते ०९:५१
Image of https://mayorsap.com/storage/photos/shares/gaur.jpg

रौतहट ।  जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।  

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ 'क' अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज  बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि  अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८स् ३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो ।  


Facebook Comments