मकवानपुरको मनहरीमा बस दुर्घटना, २२ जना यात्रु घाइते
तीव्र गतिका कारण बस अनियन्त्रित
मेयरसाप डेस्क
|
२०८२ फागुन ९ गते १०:२३
मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका सबै यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चितवन पठाइएको छ ।
तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Facebook Comments