Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

खोटाङमा कोठामा थुनेर छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

गृहकार्य सिकाउने बहानामा जबरजस्ती करणी

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते १०:४९
Image of https://mayorsap.com/storage/photos/shares/rape_2.jpg

खोटाङ । खोटाङको दिक्तेल इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षक १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ स्थायी ठेगाना भएका २४ वर्षीय शिक्षक रहेका छन् ।

पीडित परिवारका अनुसार फागुन ९ गते गृहकार्य सिकाइदिने बहानामा उनले छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेका थिए । घटनापछि ती शिक्षकले बालिकालाई करिब तीन घण्टासम्म कोठामा थुनेर राखेको बताइएको छ । 

बालिका रुँदै घर पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए । लगत्तै बालिकाका बुवा र काकाले शिक्षकलाई उनकै कोठाबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षणपश्चात् आइतबार राति ११ बजे जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी अन्तर्गत जाहेरी दर्ता गरिएको छ । पीडित परिवारका अनुसार ती शिक्षकले गत मङ्सिरको शैक्षिक भ्रमणदेखि नै छात्रालाई विभिन्न बहानामा बोलाएर अश्लील गतिविधि गर्ने गरेको खुलेको छ ।


Facebook Comments