Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एकैदिन साढे ५ हजारले बढ्यो सुनको मूल्य

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते ११:३१
Image of https://mayorsap.com/storage/photos/shares/gold_1.jpg

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । 

सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामै ३७५ रुपैयाँले महँगिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।

चाँदीको अहिलेसम्मकै उच्च मूल्य भने माघ १५ गते ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो ।


Facebook Comments