निर्वाचन लक्षित ३ दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

मन्त्रिपरिषद्ले निर्णय गर्ने

No Author Assigned | २०८२ फागुन १० गते १७:३७
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog-1.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न सहज होस् र निर्वाचनमा उत्साहजनक सहभागिता सुनिश्चित होस् भन्ने उद्देश्यले आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई पत्र पठाएको हो 

विशेष गरी टाढा–टाढा रहेका मतदाताहरूलाई आफ्नो स्थायी ठेगानामा पुगेर मतदान गर्न पर्याप्त समय मिलोस् भन्नका लागि मतदानको अघिल्लो दिन, मतदानको दिन र त्यसको भोलिपल्ट बिदाको प्रस्ताव गरिएको हो ।

आयोगको यस सिफारिसउपर अब बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्नेछ । सरकारले यो सिफारिस सदर गरेमा फागुन तेस्रो साता देशभरका सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक निकायहरू तीन दिनसम्म बन्द रहनेछन् ।


Facebook Comments