Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरू

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते २०:३९
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog_1.jpg

जनकपुरधाम । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि यहाँ तालिम सुरु भएको छ ।

धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु परीले आजदेखि निर्वाचन क्षेत्र नं १ मा खटिनेलाई लक्षित गरी प्रशिक्षण दिइएको र यो क्रम जारी रहने बताए । 

मुख्य निर्वाचन अधिकृत पुरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहितका सुरक्षा अधिकारीहरूले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य एवं अधिकारका विषयमा प्रशिक्षण दिए । 

प्रशिक्षण कार्यक्रममा शान्तिसुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहितका विषयमा धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरलगायतले जानकारी दिए ।

निर्वाचन क्षेत्र १ बाट सुरु भएको तालिम क्रमशः ११ गते क्षेत्र नंं २, १२ गते क्षेत्र नंं ३ र १३ गते क्षेत्र नंं ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आयोजना गरिने प्रदेश निर्वाचन कार्यालय  जनकपुरधामले जनाएको छ ।

जिल्लामा ४ निर्वाचन क्षेत्र गरी ६४५ मतदान केन्द्र रहेका छन् । जिल्लामा यस पटक नयाँ तथा पुराना गरेर पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् । 


Facebook Comments