Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

घरभित्र पसेको चितुवाको उद्धार

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते २०:४३
Image of https://mayorsap.com/storage/photos/shares/chituwa-in-home.jpg

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ । 

आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो । दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।


Facebook Comments