अब घण्टी बजाएर मत माग्न नपाइने
मेयरसाप डेस्क
|
२०८२ फागुन ९ गते २१:१५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ ।
“ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ, खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुनेगरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?”, विज्ञप्तिमा उल्लेख छ ।
यसै विषयलाई लक्षित गर्दै निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिन्हकाे भाैतिक प्रयाेग गर्न नपाउने जनाएकाे छ । आयोगले राजनीतिक दलका उम्मेदवारले कपडा, तुल, फ्लेक्स, वा कागजमा छापी वा प्रिन्ट गरी ताेकिएकाे मापदण्डअनुसार आफ्नाे प्रचारप्रसार गर्न सक्ने तर साे काे सट्टामा कुनै धातु, काठ वा अन्य यस्तै प्रकृतिमा सामाग्रीबाट बनेका भाैतिक स्वरुपमा निर्वाचन चिन्ह लिइ प्रचार प्रसार गर्न नहुने जनाएकाे छ ।

Facebook Comments