Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

धादिङ बस दु'र्घटना: १७ जनाको मृ'त्यु, २८ घाइते

मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते ०६:४५
Image of https://mayorsap.com/storage/photos/shares/buss.jpg

काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट तल खसी त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको छ। घाइते २८ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। बसमा ४५ जना यात्रु सवार थिए। तीमध्ये ४३ जना पोखराबाट र २ जना मुग्लिनबाट चढेका थिए। मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा टोली खटिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Facebook Comments