धादिङमा बस दु'र्घटना : घाइते २८ जनाको सनाखत
मृतकहरूको सनाखत हुन बाँकी
No Author Assigned | २०८२ फागुन ११ गते ०७:१५काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट तल खसी त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको छ। घाइते २८ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भइसकेको छ भने, मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments