धादिङमा बस दु'र्घटना : दुई विदेशीसहित १७ जनाको घटनास्थमै मृ'त्यु
सबै घाइतेको उद्धार कार्य सकियो
मेयरसाप डेस्क
|
२०८२ फागुन ११ गते ०७:२९
मलेखु (धादिङ) । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको छ।
दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलासहित १७ जनाको घटनास्थमै मृत्यु भएको छ। तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४४ जना सवार रहेको बताइएको छ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका तीनै सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा सबै घाइतेको उद्धार कार्य सकिएको छ। २६ जना घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ लगिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।
Facebook Comments