Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दु'र्घटनामा परेको बस

दु'र्घटनामा परी १७ जनाको मृ'त्यु, २४ घाइते

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते ०८:३७
Image of https://mayorsap.com/storage/photos/shares/dading-3.jpg

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । 

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग। १ ख १४२१ नं। उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए । 

“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने । बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।  


Facebook Comments