Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एभोकाडोमा पहिलोपटक खटिराजन्य रोगको समस्या

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते ०८:४६
Image of https://mayorsap.com/storage/photos/shares/avocado.jpg

चितवन । जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर 'खटिराजन्य' रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो ।

कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो । उनले भने “अहिले यो रोगको समस्या देखिएको छ । हामीले परीक्षणका लागि पठाएका छौँ ।” उनले भने “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो ।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ । माटो र पानीबाट जीवाणु सर्ने गर्दछन् ।

उनका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ । बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उनले सुझाव दिए । बागवानी विकास अधिकृत चौहानले भने “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ ।” रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उनले सुझाव दिए ।

जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ । उनका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उनले जानकारी दिए । विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो । 


Facebook Comments