Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

धादिङ बस दुर्घटना: एमाले अध्यक्ष ओलीद्वारा दुख व्यक्त

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते ०९:५५
Image of https://mayorsap.com/storage/photos/shares/kp-oli_2.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा भएको बस दुर्घटना प्रति दुख व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

‘पोखराबाट काठमाडौंतर्फ गईरहेको यात्रुवाहक बस धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा गएराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ,’ उनले लेखेका छन् । ‘दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

उनले घाइते भएका सबै यात्रुहरुप्रति स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


Facebook Comments