Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते १०:४५
Image of https://mayorsap.com/storage/photos/shares/birgunj-karfueee.jpg

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ । यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई पनि सन्चालन अनुमति दिइएको छ । साथै हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पछिल्ला केही घटनाक्रमले वीरगञ्जमा सुरक्षा चुनौती थपेको र सामाजिक सद्भावमा आँच आउन सक्ने सम्भावना देखिएपछि प्रशासनले यो निर्णय लिनुपरेको बुझिएको छ। अहिले वीरगञ्जका मुख्य चोक र गल्लीहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 


Facebook Comments