Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

देउवाको गुप्त शक्ति, गगन संकटमा, सुदूरमा भीषण शक्ति संघर्ष, रवि बालेनको योजना कति सफल ? (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते १७:३४
Image of https://mayorsap.com/storage/photos/shares/maxresdefault-4.jpg

जुन रूख पुरानो, त्यसैले दिन्छ छायाँ; नयाँ बिरुवा बढे पनि, पुरानै जराको माया । अर्थात जेनजीको चोट र, गगन ग्रहले पार्टीको भोट खोसिएका शेरबहादुर देउवाको राजीतिक छायाँ डडेलधुरामा झनै बलियो देखिएको छ । 

एक हिसावले देउवा मैदान बाहिरको राजनीतिक ‘पेले’ जस्तै देखिएका छन् । डडेलधुरा र, सुदुरपश्चिमको चुनावी अंक गणितमा देउवाको नाम अझै पनि सबैभन्दा भारी वइटमा भजिरहेको छ । कांग्रेसका उम्मेदवारहरुले देउवा ब्राण्ड बजाउदा विपक्षीलेसमेत देउवाको संगठनलाई कसरी भेद्ने अर्थात कमजोर बनाउने भनेर रणनिती बनाइरहेको बुझिन्छ । 

पार्टीमा विद्रोह खेपेका देउवालाई डिलमा राखेर गगन–विश्वहरुले एक तहको राजनीतिक उचाइ पाए पनि सुदुरको अंक गणितमा देउवाको दबदबा अझै कामय छ । पुराना पूस्ताले धमिलो हैन संङलो अनुहारमै देउवालाई सम्झिरहेका छन् । यसले पनि देउवाको प्रभाव कायम रहेको बुझन सकिन्छ । 

राजनीति सधैं अंकगणित मात्र होइन, भावना, इतिहास र सम्बन्धको सेतु पनि हो भन्ने देउवाप्रति देखिएको सदभावले दर्शाउछ । अनुभवनको हिसावले देउवा राजीतिका मूल ट्यांक जस्तै हुन् । ठूलो खेमाले गगनहरुप्रति भरोसा देखाए पनि देउवालाई चटक्कै माया मार्ने अवस्थमा सुदुरपश्चिमका जनता पुगेका छैनन् । यसले नैतिकरुपमा देउवालाई संगै डोहो¥याउनु पर्ने चुनौती गगनका सामू थपिएको छ । भूगोलका हिसावले धेरै ठाउँमा देउवाको प्रभाव नगन्य देखिएपनि सुदुरमा भने अहिले पनि देउवा बाघ बुढो र स्याल तन्नेरी हुँदैन भन्ने उखानका पर्यायबाची बनेका छन् । गगनहरुले जतिनै पाखुरा सुर्किएर गनगन गरेपनि पार्टीको ठूलो खेमाले देउवालाई बाइपास गर्ने कुरा राजनीतिक इथिक्स भन्दा बाहिरको भनिरहेका छन् । 

अझ चुनावको चटारोमा देउवालाई बार्दलीमै सिमित गरेर चुनावी म्याराथनमा कुद्ने कुरा सिंगो कांग्रेसका लागि घातक निर्णय हुन सक्ने कोणबाट पनि विश्लेषण भइरहेको छ । जेनजीको आक्रमण र पार्टी विद्रोहको कोपभाजनमा परेका देउवा अहिले महाराजगंञ्जमा घाम तापेर बसेका छन् । 


यसपटक देउवा स्वयं चुनावी मैदानमा छैनन्। तर उनको अनुपस्थितिले डडेलधुराको राजनीतिक तापक्रम घटाएको छैन। बरु, गाउँदेखि बजारसम्म हुने हरेक छलफलमा देउवाकै नाम अग्रपंक्तिमा आइरहेको छ । स्थानीय नेता–कार्यकर्तादेखि विपक्षी उम्मेदवारसम्म सबैले आफ्नो रणनीति देउवाको विरासत र प्रभावलाई ध्यानमा राखेर बनाइरहेका छन्। डडेलधुरा लामो समयदेखि देउवाको राजनीतिक आधारक्षेत्र हो । यो पटक कांग्रेसले देउवालाई विश्राम दिएर नैनसिंह महरलाई उम्मेदवारका रुपमा उभ्याएको छ । नैनसिंहको जितका लागि पनि देउवाको आशिर्वाद अनिवार्य जस्तै भएको छ । 

काठमाडौंमा शक्ति कमजोर देखिएका देउवाको गोजीमा अहिले पनि सुदुरका केही थान उम्मेदवार जिताउने बल संचित रहेको अनुमान गर्न सकिन्छ । यद्यपी २०७९ को निर्वाचनमा अधिकांश क्षेत्रमा जमानत जोगाउन नसकेको रास्वपाले अहिले सुदुरलाई तार्गेट गरेरै सिट खोस्ने स्पीड बढाएको छ । रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन साह नै केहीदिन अघि धनगढी पुगेर फर्किएका छन् । रास्वपाले हजारौंको भीड निकालेर पुराना दलहरुलाई खुल्ला चुनौती दिएको छ । रास्वपाको प्रवेशले सुदूरका १६ क्षेत्रमा चुनावी चर्चा चुलिएको छ । 

२०७९ सालको निर्वाचनमा सुदूरपश्चिमका १६ सिटमा कांग्रेसले ८, एमालेले २, नाउपा र तत्कालीन एकीकृत समाजवादीले ३–३ सिट जितेका थिए। अहिले यो संख्या अदलबदल हुने देखिन्छ । 

२०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका निवर्तमान सभापति देउवा यो चुनावमा मैदान बाहिर छन्् । कतिपयले देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिममा कांग्रेसका उम्मेदवारलाई मत माग्न आउने अपेक्षा गरेका थिए । तर, देउवाले चुनावी प्रक्रियामा कतै सहभागी नहुने घोषणा नै गरिदिए । देउवा कांग्रेस जिताउन कतै नहिँडे पनि सुदूरपश्चिमका केही उम्मेदवारले भने मत माग्न देउवाकै तस्वीर प्रयोग गरिरहेका छन् । अहिलेको संस्थापन पक्षधर र देउवा पक्षधर दुवै उम्मेदवारले मतदाता रिझाउन सभापति गगन थापासँगै देउवाको तस्वीर पनि देखाइरहेका छन् ।

देउवाको क्षेत्रमा कांग्रेसबाट उम्मेदवार भएका नैनसिंह महर र,बैतडीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चतुरबहादुर चन्दले देउवाको तस्वीर अग्रभागमा राखेर चुनावी प्रचार गरिरहेका छन् । कांग्रेसको आन्तरिक शक्ति संघर्षका कारण देउवा पक्षकाले मत नदिने आशंकाका बीच केही उम्मेदवाले देउवालाई फोटोमा संगै बोकिहिडेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार हरिप्रसाद बोहराले पनि देउवाको तस्वीर देखाउँदै मत मागिरहेका छन् । घरदैलो अभियानमा बोहरा देउवाको तस्वीर लिएर हिँडिरहेका छन् । यद्यपि, सोही ब्यानरमा सभापति थापाको समेत तस्वीर राखिएको देखिन्छ । यसले पनि कांग्रेसभित्र अभिभावकिय भूमिकामा भएपनि देउवाको स्थान सुरक्षित हुनु पर्ने संकेत गरिरहेको छ ।


Facebook Comments