Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

User Image मेयरसाप डेस्क | २०८२ फागुन ११ गते २०:११
Image of https://mayorsap.com/storage/photos/shares/dhanding-grihamantrai.jpeg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए । उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनूनी दायरामा ल्याइने बताए । दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ (पाँच) सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ ।

पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो । गृहमन्त्रीका साथमा गृहसचिव मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत अस्पताल पुगेका थिए ।


Facebook Comments