धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
मेयरसाप डटकम
|
२०८२ फागुन ११ गते १९:१२
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै तत्काल रिहा गर्न नमिल्ने आदेश दिएको हो। सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतले थुनामुक्तिको माग अस्वीकार गर्दै पक्राउको कारण पेस गर्न सरकारको नाममा आदेशसमेत जारी गरेको छ।
फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो।
उनको पक्राउविरुद्ध शावित्रीकुमारी वलीले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा सम्बन्धित पदाधिकारीलाई विपक्षी बनाइएको थियो।
Facebook Comments