Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बाजुरामा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान अधिकृतलाई तीन चरणमा तालिम

User Image मेयरसाप डेस्क | २०८२ फागुन १२ गते ०७:४१
Image of https://mayorsap.com/storage/photos/shares/bajura_2.jpg

बाजुरा । फागुन २१ गते हुने लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबारबाट एक दिने अभिमुखीकरण तालिम दिइने भएको छ ।

फागुन १४ गते बिहीबार बुढी नन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै, फागुन १५ गते खप्तड छेडे दह, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका र अस्थायी मतदान केन्द्रका ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए ।

साथै बुढीगंगा, बडी मालिका नगरपालिका र गौमुल गाउँपालिकाका मतदान केन्द्रका ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन १६ गते बिहान १० बजेबाट सदरमुकाम मार्तडीमा अभिमुखीकरण तालिम दिइने निर्वाचन अधिकारी शाहीले बताए ।

अभिमुखीकरण तालिममा सहभागी हुने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई परिचय पत्र, व्यक्तिगत पान नम्बर र बैंकको चेक बुको फोटोकपी लिएर आउन आग्रह गरिएको छ । बाजुरामा फागुन २१ गते हुने निर्वाचनको तयारीमा लगभग अन्तिम चरणमा पुगेको छ । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवार चुनावी मैदानमा छन् । 


Facebook Comments