Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एमआरआई भ्रष्टाचार प्रकरण : उपकुलपति भण्डारीको मुद्दामा सुनुवाइ हुँदै

सेटिङमा ठेक्का र करोडौँको अनियमितता

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते ११:२१
Image of https://mayorsap.com/storage/photos/shares/sangita-bhandari.jpg

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासमा यो मुद्दाको पेसी तोकिएको हो । एमआरआई मेसिन खरिद गर्दा गुणस्तरहीन सामान ल्याएको र मिलेमतोमा आर्थिक अनियमितता गरेको आरोप छ ।

उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्ट्रार, इन्जिनियरहरू, कर्मचारी र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयरका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । 

खरिद योजना र आवश्यकता पहिचान नगरी बजेट माग गरिएको र निश्चित कम्पनीलाई ठेक्का मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको अख्तियारको निष्कर्ष छ ।

हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाखभन्दा बढी रकम असुल गर्न समेत माग गरिएको यो मुद्दालाई स्वास्थ्य क्षेत्रकै ठूलो भ्रष्टाचार काण्डका रूपमा हेरिएको छ ।


Facebook Comments