सुन–चाँदीको मूल्यमा वृद्धि
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते ११:५१
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
आज प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ, जुन हिजो बुधबार ३ लाख १४ हजार ८०० रुपैयाँ थियो । आज प्रतितोला ५ हजार ७२५ रुपैयाँ पुगेको छ, जुन हिजो ५ हजार ७१५ रुपैयाँ निर्धारण भएको थियो ।
यसअघि गत सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँ र चाँदी ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको मूल्यमा लगातार सामान्य बढोत्तरी भइरहेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च देखिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार १९० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments