Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इजरायल र इरान भ्रमण नगर्न सरकारको ट्राभल एडभाइजरी जारी

नेपालीलाई उच्च सतर्क रहन निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ फागुन १६ गते १६:४२
Image of https://mayorsap.com/storage/photos/shares/parasta.PNG

काठमाडौं । मध्यपूर्वमा विकसित हुँदै गएको युद्धको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकहरूका लागि विशेष सुरक्षा निर्देशन (एडभाइजरी) जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै तत्कालका लागि इजरायल र इरानको यात्रा नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

रोजगारी वा अन्य कुनै पनि प्रयोजनका लागि इजरायल र इरान जाने तयारीमा रहेका नागरिकलाई अवस्था सामान्य नभएसम्म यात्रा नगर्न कडा सुझाव दिइएको छ । यी दुई देशमा रहेका नेपालीलाई सम्बन्धित देशका सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न, घरभित्रै रहन र अनावश्यक यात्रा नगर्न सुझाइएको छ ।

आफू रहेको क्षेत्रका नेपाली समुदाय र स्थानीय दूतावाससँग निरन्तर सम्पर्कमा रहन र चनाखो बस्न भनिएको छ । मध्यपूर्वका अन्य मुलुकमा कार्यरत नेपालीहरूलाई पनि घटनाक्रमको सूक्ष्म निगरानी गर्न र सावधानीका उपाय अपनाउन आग्रह गरिएको छ ।

कुनै पनि समस्या आइपरेमा वा जानकारी आवश्यक भएमा काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली दूतावास वा कतारको दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।


Facebook Comments