Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

महिला मतदान अधिकृतले सम्हाल्दै छन् रामेछापका ३७ मतदान केन्द्र

User Image मेयरसाप डेस्क | २०८२ फागुन १६ गते १९:३३
Image of https://mayorsap.com/storage/photos/shares/election.jpeg

रामेछाप । फागुन २१ गते गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले सबै मतदान केन्द्रमा जाने कर्मचारी खटाइ सकेको छ । जिल्लाका ९६ मतदानस्थलका २ सय ३० मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरू खटाइसकिएको मुख्य निर्वाचन अधिकृत एवं रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए ।

नेपालका अनुसार २ सय ३० मतदान अधिकृत मध्ये ३६ जना महिला छन् । ती मतदानस्थलको नेतृत्व महिलाले गर्ने छन् । यस पटक निर्वाचनमा कुल १ हजार ३ सय ७४ कर्मचारी खटिएका छन् । ती मध्ये ३७ मतदान अधिकृत सहित ४ सय ४९ जना महिला कर्मचारी छन् । कर्मचारीहरू भोलिबाट मतदान केन्द्र तर्फ प्रस्थान गर्ने नेपालले जानकारी दिए ।

जिल्लामा निर्वाचनको लागि आवश्यक सबै तयारी पुरा भइसकेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । थापाका अनुसार जिल्लाका ४१ मतदानस्थललाई अति संवेदनशील ३५ लाई संवेदनशील र २० मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखिएका छ । ती मतदानस्थलको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना आवश्यकता अनुसार परिचालन गरिएको उनले जानकारी दिए ।

रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टका अनुसार संवेदनशीलताको आधारमा सुरक्षाको आवश्यक तयारी गरिएको छ । मतदानस्थलको आसपासमा प्रहरी युनिट पुगिसकेको र भोलीबाट प्रहरी प्रहरी मतदानस्थलमा पुगेर सुरक्षामा खट्ने उनले जानकारी दिए ।


Facebook Comments