Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दुर्गा प्रसाईं भक्तपुर निवासबाट पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते ०८:४८
Image of https://mayorsap.com/storage/photos/shares/durgaa2026-01-19-04-56-00.jpeg

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आईतबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।

प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ ।


Facebook Comments