Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इरान–मध्यपूर्व संकटप्रति चिन्ता, नेपाली सुरक्षा उच्च सतर्कतामा राख्न रास्वपाको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते ०८:५२
Image of https://mayorsap.com/storage/photos/shares/rasopa.png

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह गरेको छ।

रास्वपाले शनिबार जारी विज्ञप्तिमा इरान, इजरायल, युएई, कतार र बहराइनमा कार्यरत नेपालीहरूको जीवन, रोजगारी र सुरक्षामा जोखिम उत्पन्न हुने सम्भावना रहेको बताएको छ। पार्टीका अनुसार ती देशहरूमा लाखौं नेपाली काम गर्दै आएका छन् र हालको संवेदनशील परिस्थितिमा उनीहरूको सुरक्षामा गम्भीर चासो रहेको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली नागरिकको सुरक्षा राज्यको सर्वोपरि दायित्व हो। कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत् कुनै पनि आकस्मिक परिस्थितिको सामना गर्न सरकार पूर्ण रूपमा तयार रहोस्।”

रास्वपाले सरकारलाई आवश्यक सबै सहयोग गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।


Facebook Comments