Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते ०८:५९
Image of https://mayorsap.com/storage/photos/shares/holi.JPG

कञ्चनपुर । होली पर्वका अवसरमा जिल्ला प्रशासन कार्यालयले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न नागरिकहरूलाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर पानी छ्याप्ने जस्ता कार्यमा प्रचलित कानुनअनुसार कारबाही हुने बताएका छन्।

उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को निर्वाचन आचारसंहिता अनुसार जुलुस वा आमसभामा सहभागी हुने व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, स्टिकर, टिसर्ट, टोपी, झोला, गम्छा आदि प्रयोग गर्न नपाइने र सोही प्रावधानअनुसार होलीका अवसरमा पनि कारबाही हुने चेतावनी दिएका छन्।

प्रशासनले धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन र अरूको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने वा पानी छ्याप्ने कार्य नगर्न सबै नागरिकलाई सचेत गराएको छ। कानुनविपरीत गतिविधि भए प्रचलित कानुन र आचारसंहिताअनुसार कडा कदम चालिने प्रशासनले स्पष्ट पारेको छ।


Facebook Comments