Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आईजीपी कार्कीकाे निर्देशन

मिथ्या सूचना फैलाउनेमाथि विशेष निगरानी

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते १४:२१
Image of https://mayorsap.com/storage/photos/shares/igp-dan-bahadur-karki-1024x599.jpg

काठमाडौंं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सामूहिक जिम्मेवारीबोधका साथ चुनावी सुरक्षामा खटिन निर्देशन दिएका हुन् ।

सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले निर्वाचन सुरक्षाको अग्रपंक्तिमा नेपाल प्रहरी रहने भएकाले निर्वाचन पूर्व, मतदानको समय र त्यसपछिका सुरक्षा चुनौती सामना गर्न विशेष सुरक्षा रणनीतिसहित तयारी अवस्थामा रहन आग्रह गरे ।

उनले सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न र सूचना संकलनलाई विशेष प्राथमिकतामा राख्न मातहतका निकायलाई सचेत गराएका छन् ।

यसका साथै, उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र अवाञ्छित गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउन कुनै सम्झौता नगर्न निर्देशन दिए ।

विशेष गरी सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या सूचना र भ्रमपूर्ण प्रचारबाजीले निर्वाचनको विश्वसनीयतामा असर पार्ने भन्दै यस्ता गतिविधिमा संलग्नलाई तत्काल कारबाही गर्न उनले विशेष जोड दिएका छन् ।


Facebook Comments