कांग्रेस–रास्वपा चर्कियो ‘वार’ बालेन रोक्न विश्वको इन्ट्री, गगनको नयाँ खेल, रास्वपालाई धक्का(भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८२ फागुन १७ गते १५:४८
‘तूू इधर उधरकी ना बात कर, ए बोल, तुुम लोगका एजेण्डा क्या हे’ ? अहिले राजनीतिका घघडान तीन मूूख, अक्सर सभामा उक्लिएर आफ्नो एजेण्डाभन्दा बढी सिर कपाल उखेल्ने गरि, तातो पानी खन्याएजसरी एक अर्कालाई खुुइल्याउन लागि परेका छन् ।
लोकतन्त्रको ‘प्यारामिटरमा’ शव्दको ‘वार’ बाला बौछार चलाई रहेका तीन हस्ती हुन् । कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछाने र अर्का नेता बालेन साह । उनिहरुको भाषण सुुन्दा लाग्छ, वारीपारी कटाक्षपूर्ण लाइभ दोहोरी चलिरहेको छ । एउटाको भाका टिप्पेर तत्कालै अर्काले शव्दको झट्टि हानिहाल्ने ।
नयाँको उभारले राजनीतिक फिवर बढेका गगन थापा अहिले व्याटलको मूूख्य प्रशिक्षकका रुपमा देखिएका छन् । बदलिएको कांग्रेस ‘टुु पइन्ट ओ’ का गगनले, नानीदेखिको बानी नछोडी टुच्च शव्दको झिर रोप्दा,त्यही शव्दकै खेती गरेर उदाएका भाषा शिल्पकार रवि लामिछानेले पनि भीडबाटै काउण्टर जवाफ फर्काइरहेका छन् । यो खालको चुनावी व्याटलले एजेण्डाभन्दा बढि व्यक्ति केन्द्रित छेडखानीलाई बढवा दिइरहेको छ ।
बालेन शाह– ‘रुखमा बाँधेर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो ।
गगन थापा– बाधेर घोक्रयाएर सडक बन्दैन, कानुुन संसोधन गर्नुुपर्छ ।
रवि लामिछाने– २० वर्ष सांसद र मन्त्री भएपछि बल्ल दुुईचार थान कानुुन फेर्नुुपर्छ भन्ने ज्ञान आयो ?
रवि लामिछाने– काठमाडौंबाट आएर मधेसको बेटा हुुँ, भन्नेलाई ठाउँको ठाउ रोक्नुुहोस् ।
गगन थापा– ‘खतरनाक अर्को अतिवाद छ । जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ । मौका पाउँदैगर्दा आफैँ जेलबाट पनि भाग्छ ।’
रवि लामिछाने – ‘ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ ।
गगन थापा– मान्य रवि लामिछानेको इन्कार अदालतबाट खण्डित भएको ।
अहिले प्रतिस्पर्धाको मैदानमा व्यालेट विद्रोहको साथ खोजीरहेका रवि–गगनको व्याटल यतिमा मात्रै सिमित छैन । छोटो समय, सभामा देखिने बालेनले पनि लेनमै पर्ने गरि टुुच्च दिन थालेका छन् । कांग्रेसका विनोद चौधरीलाई बालेनले गरेको यो कटाक्ष यो सुुन्नुहोस् ।
वाइवाई चाउचाउकै गतिमा देश चल्नुु पर्ने चिन्ता गरेका बालेनको उदेश्यमाथि धेरै प्रश्न नभए पनि कांग्रेसको वाइवाई करार गर्दिदा फेरि कूनै जथ्था वा, भिडको तारोमा चौधरीको चाउचाउ नपरोस । किनकी यसअघि हिल्टनमा कुनै अमुुख राजनीतिक घरानाको लगानी रहेको भन्दा आगो झोसिएको र एमालेप्रति आस्था देखाउदा मीनबहादुुर गुरुङहरुको भाटभटेनी जलेको इतिहास ताजै छ। यसले कुनै व्यक्तिको व्यवशायलाई राजनीतिकरण गर्दा निसानामा पर्ने जोखिम छ । त्यो देशका लागि दुुर्भाग्य हो ।
गगन–रवि बालेनको व्याटलमा कांग्रेस उससभापति विश्व प्रकाश शर्माको इन्ट्रि भएको छ । शर्माले (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई आफ्नो चुनावी प्रतिज्ञापत्रमा लेखिएका विषयमा पनि थाहा नभएको टिप्पणी गरेका छन्।
शनिबार गुल्मीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपभासपति शर्माले हात हल्लाउँदै हिँडेका व्यक्तिलाई आफ्नै प्रतिज्ञापत्रमा लेखिएका कुरा थाहा नभएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री हुँदा के कस्तो काम गर्ने भन्ने बालेनसँग योजना नभएको शर्माको भनाइ थियो। बालेनलाई कटाक्ष गर्दै शर्माले भने, ‘आफ्नै प्रतिज्ञा पत्रमा के लेखेको छ एक–एक अक्षर ख्याल छैन।’भन्दै कटाक्ष गरेका छन् । मूलत अहिले कांग्रेस र रास्वपा आमने सामने भइरहेका छन् । उनिहरुको गतिविधि हेर्दा लाग्छ ,जोगी देख्दा भैसी र भैसी देख्दा जोगी तर्सिने जस्तो एक अर्कालाई देख्दा डराइरहेका छन् ।
Facebook Comments