Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन थापा

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते २०:१९
Image of https://mayorsap.com/storage/photos/shares/gagan_4.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन नहुने बताएका छन् ।

आइतबार काठमाडौं क्षेत्र नं ४ मा आयोजित नेपाली कांग्रेसको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भदौ २३ गते सन्तान गुमाएकी आमाको पीडालाई चुनावी राजनीति भन्दा माथि राख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीलाई हामी जित्छौ भन्ने विश्वास छ, अर्कोलाई अर्को जित्छ भन्ने विश्वास छ । हामी जित्न चाहान्छौ, जित्छौ पनि कांग्रेस जित्छ, बहुमत ल्याउछ हाम्रो कुरा हो अर्को जित्दा हामी हार्छौ चुनावको जित हारको कुरा हो तर यो चुनावमा जो जिते पनि हारे पनि एउटा हार्नु हुदैन । को हार्नुहुदैन भने भदौ २३ गते जसले आफ्नो सन्तान गुमायो त्यो आमा यो चुनावामा हार्नुहुदैन ।’

भदौ २३ र २४ का घटनालाई लिएर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउँदै उनले चुनावपछि पनि पीडित परिवार एक्लो नहोस् भन्ने जिम्मेवारी सबैको भएको बताए ।

‘भदौ २३ र २४ गतेको घटनालाई लिएर यहाँ थुप्रै राजनितिको दुकान खुलेको छ । पार्टी बनेका छन्, मानिसहरु जोडिएका छन् । ठिकै छ, तर त्यो चुनाव पछि त्यो आमा एक्लै हुन्छिन्,’ उनले भने ।

यसैबीच, काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेनाले चुनाव संविधान, लोकतन्त्र र देशको भविष्यसँग जोडिएको बताए ।

उनले भने, ‘चुनाव आउन चार दिन बाँकी छ। गगन थापा दाइले पाएको माया जत्तिकै माया मैले पनि यस क्षेत्रबाट पाएको छु, त्यसका लागि धन्यवाद। यो चुनाव नेपालको संविधान, लोकतन्त्र र भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ।’


Facebook Comments