Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन सुरक्षामा ‘आधुनिक बख्तरबन्द गाडी’ परिचालन, राजमार्गमा बढ्यो सेनाको विशेष गस्ती

User Image मुकेशकुमार यादव | २०८२ फागुन १७ गते २०:२७
Image of https://mayorsap.com/storage/photos/shares/sena-bakhtar-gaadi.jpg

फागुन।  आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ लाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले आफ्नो सुरक्षा उपस्थितिलाई थप कडा बनाएको छ। पूर्वी तराई क्षेत्रमा सेनाको सक्रियता बढेसँगै राजमार्गमा विशेष गस्ती तीव्र बनाइएको हो।

यसैक्रममा धनुषा स्थित कमला पुल बाट सेनाका आधुनिक बख्तरबन्द गाडीहरू सिरहाको राजमार्ग हुँदै सप्तरीतर्फ अगाडि बढिरहेको दृश्य देखिएको छ। अत्याधुनिक सुरक्षा उपकरणसहित परिचालित ती गाडीहरूले निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने सन्देश दिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

राजमार्गमा सेनाको बाक्लो उपस्थिति र नियमित गस्तीले मतदाता तथा सर्वसाधारणमा सुरक्षा अनुभूति बढाएको छ। स्थानीय प्रशासनका अनुसार संवेदनशील क्षेत्रको पहिचान गरी समन्वयात्मक ढंगले सुरक्षा योजना कार्यान्वयन गरिएको छ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँदै जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा निकायहरू एकीकृत रूपमा परिचालित भएका छन्।

सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरि सिरहामा मात्रै ३ हजार सात भन्दा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनएको छ। उनिहरुले आफुविच सूचना आदान-प्रदान तथा संयुक्त समन्वय बैठकसमेत नियमित रूपमा सञ्चालन भैइरहेको जनाएको छ। 

आगामी निर्वाचनलाई लोकतान्त्रिक पर्वका रूपमा शान्तिपूर्ण ढंगले सम्पन्न गराउनेतर्फ राज्य संयन्त्र पूर्ण रूपमा केन्द्रित देखिएको छ।


Facebook Comments