Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

User Image मेयरसाप डेस्क | २०८२ फागुन १७ गते २०:३६
Image of https://mayorsap.com/storage/photos/shares/ali-khamenei.jpg

जकार्ता । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि वासिङ्टन र तेहरानबीच मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको तेहरानले स्वागत गरेको जकार्तास्थित इरानी दूतावासले आइतबार जनाएको छ। 

इन्डोनेसियाको विदेश मन्त्रालयले शनिबार राष्ट्रपति प्रबोवो सुविआन्तो दुवै पक्षको सहमतिमा मध्यस्थता गर्न तेहरान जान इच्छुक रहेको बताएको छ ।

इरानी दूतावासले ‘यस द्वन्द्वमा मध्यस्थता गर्न गणतन्त्र इन्डोनेसियाका राष्ट्रपतिको तत्परता’ को स्वागत गर्दछ, इन्डोनेसियास्थित इरानी नियोगले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ। 

दूतावासले ‘संयुक्त राज्य अमेरिका र इजरायलको यहुदी शासनको आक्रामकता र अपराधको निन्दा गर्न इन्डोनेसियाली अधिकारीहरूको कडा अडान लिनुपर्ने महत्त्वमा पनि जोड दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको यसअघि नै पुष्टि गरिसकेका छन् । 

संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानी लक्ष्यहरूमा हवाई आक्रमणको श्रृङ्खला सुरु गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका उसका ‘विरोधी’को सैन्य शिविर र अन्य भौतिक संरचनामा आक्रमण गरिरहेको छ। 

इरानले अमेरिका र इजरायली आक्रमणको बदला लियो भने वासिङ्टनले इरानमाथि यसअघि कहिल्यै नदेखिएको शक्तिशाली प्रहार गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्। 


Facebook Comments