Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन सुरक्षाबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह

नेपाली सेनाको प्रष्टीकरण

User Image मेयरसाप डेस्क | २०८२ फागुन २० गते १७:३९
Image of https://mayorsap.com/storage/photos/shares/army2-1e87d9bf.jpg

काठमाडौं । नेपाली सेनाले आसन्न निर्वाचनको सुरक्षा र व्यवस्थापनलाई लिएर फैलाइएका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनमानसलाई सचेत रहन आग्रह गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सेनाको भूमिका र मतपेटिका व्यवस्थापनका विषयमा सामाजिक सञ्जाल तथा अन्य माध्यममा आएका अतिरञ्जित खबरहरूको खण्डन गर्दै सेनाले सार्वजनिक अपिल जारी गरेको हो ।

सेनाद्वारा जारी विज्ञप्तिमा नेपाली सेनाले आफ्नो परम्परागत गैर–राजनीतिक चरित्रलाई कायम राख्दै संविधानले तोकेको जिम्मेवारी सदैव निष्ठापूर्वक पूरा गर्दै आएको स्पष्ट पारिएको छ ।

आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार अन्य सुरक्षा निकायहरूसँग पूर्ण समन्वयमा कार्य गरिरहेको सेनाले जनाएको छ ।

‘नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक र भ्रामक सूचनाहरूमा विश्वास नगर्न र त्यस्ता गलत सूचनाको पछि नलाग्न आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ,’ सेनाले भनेको छ ।

सेनाले निर्वाचनको समयमा आफ्नो संस्थागत प्रतिष्ठामा आँच आउने गरी गरिएका प्रचारप्रति सजग रहन आग्रह गर्दै सुरक्षा कार्यमा कुनै सम्झौता नहुने प्रतिबद्धता समेत दोहोर्याएको छ ।


Facebook Comments